माछापुच्छ्रे बैंक र रिज रेमिटबीच रेमिटेन्स कारोबार सम्झौता, औपचारिक सेवा सुरु

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १०:२६

काठमाडौं। नेपालमा रेमिटेन्स सेवालाई थप सहज, सरल, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘रिज रेमिट’ (Riz Remit) बीच रेमिटेन्स सेवा सञ्चालन सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै रेमिटेन्स कारोबार औपचारिक रूपमा सुरु भएको छ।

यस सहकार्यसँगै युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीहरूले ‘रिज रेमिट’ को मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा पैसा पठाउन सक्नेछन्।

 यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै रेमिटेन्स सेवा ‘एमबीएल रेमिट’ (MBL REMIT) मार्फत नगद भुक्तानी पाउनुका साथै बैंकका साथै नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत सिधै जम्मा गर्न सकिनेछ. साथै, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीहरूले सजिलै नगद भुक्तानी पनि प्राप्त गर्न सक्नेछन्।

अन्तर्राष्ट्रिय रेमिटेन्सलाई थप सरल बनाउने उद्देश्यका साथ बैंकले सुरक्षित, भरपर्दो, छिटो र सुलभ डिजिटल रकम हस्तान्तरण सेवा प्रदान गर्दै आएको छ. यस साझेदारीले विदेशबाट नेपालमा पैसा पठाउने प्रक्रियालाई अझ सहज बनाउनुका साथै डिजिटल रेमिटेन्स सेवाको दायरा विस्तार गर्न र ग्राहकहरूलाई आधुनिक तथा प्रभावकारी सेवा दिन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिमसम्म आफ्ना १५६ वटा शाखा, ११ विस्तारित काउन्टर र २७९ वटा एटीएममार्फत अत्याधुनिक प्रविधिसहित बैंकिङ सेवा प्रदान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *