सुनको मूल्यमा वृद्धि: छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ पुग्यो
काठमाडौं। नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। साथै, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल

Facebook Comment