सोमपाल कामी एसिया कप राइजिङ स्टार्सबाट बाहिरिए, प्रतिश जिसी टोलीमा

DC Nepalडिसी नेपाल
३ मंसिर २०८३ १४:१६

काठमाडौं । कतारमा आजदेखि सुरु हुन लागेको ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगिताको मुखैमा नेपाली टोलीलाई ठुलो झट्का लागेको छ । अनुभवी अलराउन्डर सोमपाल कामी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कामी फिट नभएको र उनले कतार भ्रमण गुमाउने औपचारिक जानकारी गराएको हो । हालै सम्पन्न ‘एसबीएल एनपीएल–३’ को अन्तिम खेल खेल्ने क्रममा सोमपाल घाइते भएका थिए । उनको अनुपस्थितिले टोलीको तीव्र गतिको बलिङ र तल्लो क्रमको ब्याटिङ सन्तुलनमा केही असर पार्ने देखिएको छ ।

क्यानले सोमपालको स्थानमा युवा तीव्र गतिका बलर प्रतिश जिसीलाई टोलीमा बोलाएको छ । त्यस्तै, यसअघि ‘ट्राभलिङ रिजर्भ’ को सूचीमा रहेका मयन यादवलाई पनि मुख्य स्क्वाडमा समावेश गरिएको क्यानको विज्ञप्तिमा उल्लेख छ ।

नोभेम्बर १९ देखि २९ सम्म कतारमा चल्ने यस प्रतियोगितामा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा चुनौती पेस गर्दैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *