गोरखा-आँबुखैरेनी सडकमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते
गोरखा। गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बुधबार बस र ट्रक एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक आपसमा जुधेका हुन्।
दुर्घटनामा घाइते भएकामध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बसचालक पोखरा महानगरपालिका–३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ बढी घाइते भएका छन्।
घाइते सबैको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position



डिसी नेपाल

Facebook Comment