सुदूरपश्चिम प्रदेश सभापतिमा पुष्पकुमार शाहीको उम्मेदवारी घोषणा

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १८:२५

धनगढी। नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसभित्र नियमित अधिवेशन पक्षधर देउवा समूहले मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने निर्णय गरेसँगै शाहीले धनगढीमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले पार्टी संगठनलाई अझ मजबुत र गतिशील बनाउन आफूले सभापति पदमा उम्मेदवारी दिएको बताए। पार्टी र विद्यार्थी संगठनमा आफूले पुर्‍याएको योगदान र संघर्ष सबैलाई जानकारी रहेको उल्लेख गर्दै उनले अग्रज नेता, कार्यकर्ता तथा युवा साथीहरूको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे।

सबै पक्षबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउँदै शाहीले सकेसम्म सर्वसम्मत र नभए चुनावी प्रक्रियाबाटै भए पनि सभापतिमा निर्वाचित हुने दाबी गरे। आफू प्रदेश सभापतिमा निर्वाचित भए पार्टीलाई थप एकजुट बनाउन विशेष पहल गर्ने समेत उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *