अमेरिकी भन्सार शुल्क लागु हुँदा भारतमा पाँच लाख रोजगारी जोखिममा

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ ११:०९

काठमाडौं । अमेरिकाले भारतमाथि भन्सार शुल्क (ट्यारिफ) लगाउने निर्णय गरेपछि चेम्बर अफ ट्रेड एन्ड इन्डस्ट्री (सीटीआई) ले असन्तुष्टि व्यक्त गरेको छ।

सीटीआईका अध्यक्ष बृजेश गोयलले अमेरिकी भन्सार शुल्कका कारण भारतको करिब ४८ अर्ब डलर बराबरको निर्यात प्रभावित हुन सक्ने र पाँच लाख रोजगारीमा समेत सङ्कट मडारिएको बताएका छन्।

बृजेश गोयलले भनेका छन्, ‘अमेरिकाले यदि भारतले अमेरिकासँग व्यापार सम्झौता गर्छ भने १७ प्रतिशत भन्सार शुल्क लाग्ने र यदि भारतले अमेरिकासँग व्यापार सम्झौता गरेन भने अमेरिकाले भारतीय उत्पादनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइदिने बताएको छ। यस विषयलाई लिएर देशभरका र दिल्लीका व्यापारीहरूमा ठुलो आक्रोश छ, किनकि भारतले अमेरिकामा ठुलो परिमाणमा कपडा, औषधि (फार्मास्युटिकल), इलेक्ट्रोनिक्स, समुद्री खाद्य पदार्थ (सी-फुड) आदि उत्पादनहरू निर्यात गर्दछ।’

सीटीआईको ठहर छ – अमेरिकी भन्सार शुल्कका कारण भारतको करिब ४८ अर्ब डलरको निर्यात प्रभावित हुन सक्छ र पाँच लाख रोजगारीमा समेत सङ्कट आउन सक्छ।

बृजेश गोयलले अगाडि भने, ‘व्यापारीहरूको भनाइ छ कि जो अर्डरहरू आइसकेका छन् र जुन सामान अहिले बाटोमा छ तथा यहाँबाट पठाइसकिएको छ, त्यसको के हुन्छ ? सीटीआईले यस विषयमा आज प्रधानमन्त्री मोदीलाई एक पत्र लेख्दै छ। हामीले उहाँसँग भारतले पनि अमेरिकामाथि जवाफी भन्सार शुल्क लगाउनुपर्छ भनी माग गरेका छौँ, किनकि अमेरिकाले पनि भारतमा थुप्रै उत्पादनहरू निर्यात गर्दछ।’

बृजेश गोयलका अनुसार यदि भारतले पनि जवाफी भन्सार शुल्क लगायो भने अमेरिकी सामान यहाँ महँगो हुनेछ र त्यहाँका व्यापारीहरूले पनि अमेरिकी सरकारमाथि दबाब सिर्जना गर्नेछन्।

अर्कोतर्फ, अमेरिकी कङ्ग्रेसकी सदस्य ग्रेस मेङले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कङ्ग्रेसमा नियन्त्रण हासिल गरेपछि यी भन्सार शुल्कहरू खारेज गर्नका लागि कदम चालिने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *