गाजामा पुनः इजरायलको आक्रमण, हमासका ठुला नेताको मृत्यु भएको खबर

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १४:४३

काठमाडौं । इजरायलले गाजाको डेर अल-बलाहस्थित एक आवासीय भवनलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको छ।

बीबीसी फारसीले प्यालेस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार यस आक्रमणमा हमासका पूर्व उपशिक्षामन्त्री खालिद अबुन्दाह र उनकी पत्नीको मृत्यु भएको छ।

यता, इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै हमासका एक वरिष्ठ सदस्यलाई निशाना बनाएर कारबाही गरेको जनाएको छ। सेनाले यस आक्रमणसम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिने बताएको छ।

उता, गाजाका अधिकारीहरूका अनुसार पछिल्ला केही घण्टामा इजरायलतर्फबाट गरिएका तीन भिन्न हवाई आक्रमणहरूमा कम्तीमा आठ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ।

हमासको नागरिक सुरक्षा सङ्गठनका एक प्रवक्ताले बीबीसीलाई उद्धार टोली र स्वास्थ्यकर्मीहरूले आठ जना मृतकको शव अल-अक्सा र गाजा सिटीस्थित शिफा अस्पतालमा पुर्‍याएको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *