एनभिडियामा फेरि बबाल, उपाध्यक्षको पनि चिनियाँ महिलासँग विवाह
काठमाडौं । एनभिडियाका सीईओ जेन्सेन हुआङको विवाहेत्तर सम्बन्धको मामिला सेलाउन नपाउँदै अब कम्पनीका अर्का एक कर्मचारीको चिनियाँ महिलासँगको प्रेम सम्बन्धको खुलासा भएको छ। कम्पनीका बिक्री प्रमुख (सेल्स चिफ) जय पुरी एक यस्तो कम्पनीकी वरिष्ठ अधिकारीसँगको सम्बन्धमा रहेको खुलेको छ, जसमाथि चीनमा चिप तस्करी गरेको आरोप लागिसकेको छ।
जय पुरी लामो समयदेखि जेन्सेन हुआङका निकट सहयोगी रहँदै आएका छन्। ‘द वाल स्ट्रिट जर्नल’ को प्रतिवेदनअनुसार जयले कैयौँ वर्षसम्म ‘सुपर माइक्रो कम्प्युटर’ की वरिष्ठ अधिकारी सेन्ली चेनसँग डेटिङ गरेका थिए।
वर्तमान तथा पूर्व सहकर्मीहरूलाई उद्धृत गर्दै जनाइएअनुसार यो प्रेम सम्बन्ध त्यतिबेला चलेको थियो, जतिबेला कम्प्युटर सर्भर निर्माण गर्ने कम्पनी सुपर माइक्रो एनभिडियाका चिपहरू हात पार्न प्रतिस्पर्धा गरिरहेको थियो। अभिलेखहरूका अनुसार यसै वर्षको ७ मार्चमा जय पुरी र सेन्ली चेनले क्यालिफोर्नियाको बिग सुरमा आयोजित एक समारोहका बीच विवाह गरेका छन्।
सुपर माइक्रो कम्प्युटरका कर्मचारीहरूमाथि चीनमा चिप तस्करी गरेको आरोप लागिरहेको संवेदनशील समयमा यो मामिला बाहिरिएको हो। एनभिडियाका शीर्ष अधिकारीहरूको ग्राहक कम्पनीका अधिकारीहरूसँगको निजी सम्बन्धलाई लिएर अहिले कम्पनीभित्र र बाहिर नयाँ प्रश्नहरू उठ्न थालेका छन्।
यसअघि जेन्सेन हुआङ चिनियाँ महिला एलिस हुआङसँगको प्रेम सम्बन्धमा रहेको खुलासा भएको थियो। उक्त खुलासापछि जेन्सेनले एनभिडियाको सीईओ पदबाट राजीनामा दिनुपरेको थियो। यद्यपि, पछि उनको कम्पनीमा पुनः फिर्ती भएको थियो।
No ads found for this position



डिसी नेपाल

Facebook Comment