प्युर्टो रिकोकी सुन्दरीले जितिन् मिस युनिभर्सको उपाधि
काठमाडौं । विश्वभरका सुन्दरीहरूबीच भएको कडा प्रतिस्पर्धापछि ‘मिस युनिभर्स २०२६’ ले आफ्नो विजेता पाएको छ। ७५औँ मिस युनिभर्स प्रतियोगितामा प्युर्टो रिकोकी जेनिफर ब्यारेटोले बाजी मार्दै विजेताको ताज आफ्नो नाम गरेकी छिन्। उनलाई पूर्वमिस युनिभर्स मेक्सिकोकी फातिमा बोशले ताज पहिर्याइदिइन्।
मिस युनिभर्स २०२६ को आयोजना यसपटक आफ्नो ७५औँ संस्करणका कारण विशेष रह्यो। विश्वका विभिन्न मुलुकबाट आएका सुन्दरीहरूले यस प्रतियोगितामा सहभागिता जनाएका थिए। फाइनल राउन्डसम्म पुगेपछि प्युर्टो रिकोकी जेनिफर ब्यारेटोले आफ्नो जवाफ र आत्मविश्वासमार्फत निर्णायकहरूको मन जितिन्।
यस प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेजले ‘फर्स्ट रनर–अप’ को उपाधि हासिल गरिन् भने भेनेजुएलाकी क्लारा भेगास गोएट्ज ‘सेकेन्ड रनर–अप’ भइन्। शीर्ष ५ (टप ५) फाइनलिस्टमा फिलिपिन्स, न्युजिल्यान्ड, भेनेजुएला, डोमिनिकन रिपब्लिक र प्युर्टो रिकोका सुन्दरीहरू सामेल थिए।
मिस युनिभर्सको फाइनल राउन्डमा शीर्ष ५ प्रतिस्पर्धीहरूलाई एउटै प्रश्न सोधिएको थियो। उनीहरूलाई ‘यतिबेला विश्वलाई आफ्ना नेताहरूबाट सबैभन्दा बढी कुन कुराको आवश्यकता छ ?’ भनी सोधिएको थियो।
उक्त प्रश्नको जवाफमा जेनिफर ब्यारेटोले विश्वलाई यस्ता नेताहरूको खाँचो रहेको बताइन्, जसमा सहानुभूति र अरूलाई बुझ्न सक्ने क्षमता होस्। उनले आजको समयमा मानिसहरूले प्रायः एकअर्काको आलोचना गर्ने र प्रश्न उठाउने गरेको उल्लेख गर्दै एक असल नेता आफ्नो मूल्य–मान्यतामा अडिग रहनुपर्ने बताइन्।
No ads found for this position



डिसी नेपाल

Facebook Comment